काठमाडौं- आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोट अन्तर्गत शनिबारको खेलमा नेदरल्याण्ड्सबिरुद्ध ब्याटिङ गरिरहेको नेपालको खराब ब्यटिङले निरन्तरता पाएको छ। टस हारेर ब्याटिङ गरिरहेको नेपालले तीन विकेट गुमाएको छ।
चौथो नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेख जम्मा ६ रन जोडेर बाहिरिएका छन्। यसअघि ओपनर आसिफ शेख डकआउट भएका थिए।
ओपनर कुशल भुर्तेलले भने नेपालको इनिङ्स केही उकासेर आउट भए। उनले ४२ बलमा २७ रन बनाएर बाहिरिएका हुन्। तीन विकेट गुमेपछि ब्याटिङमा क्याप्टेन रोहित पौडेल आएका छन्।
खराब लयमा खेलेर क्याचआउट हुनबाट भीम सार्की जोगिएका छन्। उनले ५१ बल खेलेर जम्मा १७ रन बनाएर खेलिरहेका छन्। नेपालले १७ ओभरमा जम्मा ५८ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।