काठमाडौं- आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोट अन्तर्गत शनिबारको खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ। पहिलो विकेट तेस्रो ओभरमै गुमाएको नेपालले चौधौं ओभरमा दोस्रो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो।
नेदरल्याण्ड्सका बलर विक्रमजित सिंहले कुशललाई विकेटकिपर विडवार्ड्सबाट क्याच आउट गराएका हुन्। कुशल ४२ बल खेल्दै २७ रन बनाएर आउट भएका छन्।
अहिले क्रिजमा आरिफ शेख आइपुगेका छन्। रोहित पौडेलेको ठाउँमा उनलाई ल्याइएको हो। १५ ओभरको समाप्तिमा नेपालले दुई विकेट गुमाएर ४९ रन बनाएको छ।
जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा शनिबार दिउँसो पौने १ बजेबाट खेल भइरहेको छ।
आईसीसी विश्वकप छनोटमा नेपालले सुरूका तीन खेलमध्ये दुई खेलमा हार बेहोरेको छ। यसकारण पनि नेपालले यसअघिको यात्रा तय गर्न आज नेदरल्याण्ड्सलाई जित्नैपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।