काठमाडौं- आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोट अन्तर्गत शनिबारको खेलमा नेदरल्याण्ड्सले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ। नेदरल्यान्ड्सका कप्तान स्कर्ट एड्वार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा शनिबार दिउँसो पौने १ बजेबाट खेलमा नेपाल जित्नैपर्ने दबाबका साथ मैदानमा उत्रिँदैछ।
आईसीसी विश्वकप छनोटमा नेपालले सुरूका तीन खेलमध्ये दुई खेलमा हार बेहोरेको छ। यसकारण पनि नेपालले यसअघिको यात्रा तय गर्न आज नेदरल्याण्ड्सलाई जित्नैपर्ने हुन्छ।
नेदरल्याण्ड्सलाई पराजित गरेमा नेपालको सुपर सिक्समा जाने सम्भावना बाँकी हुनेछ। तर यसका लागि नेदरल्यान्ड्स र वेस्टइन्डिजको खेल निर्णायक हुनेछ। नेपाल अघिल्लो चरण जान नेदरल्याण्ड्स वेस्टइन्डिजसँग पराजित हुनुपर्नेछ ।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।