काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार भइरहेको खेलमा नेपालका लागि आरिफ शेखले अर्धशतक पूरा गरेका छन्। उनले ८५ बलमा अर्धशतक बनाएका हुन्।
वेष्टइन्डिजले दिएको ३४० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालका लागि उनले सर्वाधिक रन बनाएका हुन्। ओपनर कुशल भुर्तेल ५ रन, आसिफ शेख २८ रन, भीम सार्की २ रन, रोहित पौडेल ३० रन, कुशल मल्ल २ रन, दीपेन्द्र सिंह ऐरी २३ रनमा आउट भएका छन्।
यसैगरी गुलशन झा ५८ बलमा ४२ रन बनाएर बाहिरिएका छन्। नेपालले ४४ ओभरको समाप्तिमा ७ विकेट गुमाएर २०४ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।