काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार भइरहेको खेलमा नेपालको दोस्रो विकेट पतन भएको छ।
चौथो ओभरको दोस्रो बलमै नेपालका भीम सार्की आउट भएका हुन्। जेसन होल्डरको बलमा भीम सार्की क्याचआउट हुन पुगेका हुन्। पहिलो विकेट ओपनर कुशल भुर्तेलको गएको थियो।
वेष्टइन्डिजले दिएको ३४० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा जम्मा पाँच रन बनाएर कुशल भुर्तेल आउट भएका हुन्।
उनलाई अलजारी जोसेफले बोल्ड गरेका हुन्। अहिले मैदानमा कप्तान रोहित पौडेल र आसिफ शेख रहेका छन्।
कमजोर सुरुवात गरेको वेष्टइन्डिले पूरा ५० ओभरको खेलर ३३९ रन बनाएको छ। वेष्टइन्डिजका साइ होप र निकोलस पुरनको शतक बनाएका छन्।
नेपालका लागि बायाँहाते स्पिनर ललित राजवंशीले सवैभन्दा धेरै तीन विकेट लिएका थिए। उनले वेष्टइन्डिजका रोभमन पावेल, जेसन होल्डर र साइ होपको विकेट लिएका थिए।
नेपालका लागि करण केसी, सन्दीप लामिछाने, गुलशन झा र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।