काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार भइरहेको खेलमा नेपालले पाचौं विकेट लिएको छ।
बायाँ हाते स्पिनर ललितनाराण राजवंशीले वेष्टइन्डिजका हिटर रोभमन पावेलको विकेट लिएका हुन्।
राजवंशीको बलमा गुलशन झाले क्याच लिएका हुन्। यसअघि वेस्टइन्डिज कप्तान साइ होप र निकोलस पूरनबीचको फराकिलो साझेदारी दीपेन्द्र सिंह ऐरीले तोडेका थिए। उनले ११५ रनमा पूरनलाई आफ्नै बलमा आफैंले क्याचआउट लिएका थिए।
४८ ओभरको समाप्तिमा वेष्टइन्डिजले ५ विकेट गुमाएर ३२२ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।