काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार भइरहेको खेलमा वेस्टइन्डिजका कप्तान साइ होप र निकोलस पूरनबीचको फराकिलो साझेदारी दीपेन्द्र सिंह ऐरीले तोडेका छन्।
उनले ११५ रनमा पूरनलाई आफ्नै बलमा आफैंले क्याआउट लिएका हुन्। यसैगरी ११९ बलमा ११९ रनसहित क्रिजमा टिकिरहेका छन्।
४४ ओभरको समाप्तिमा वेष्टइन्डिजले ४ विकेट गुमाएर २७१ रन बनाएको छ। सुरुवातमा कसिलो बलिङ गरेको नेपालले बीचका ओभरमा लय गुमाएको थियो।
नेपालका बलरमाथि होप र पूरन हाबी हुँदा वेष्टइन्डिज ठूलो योगफलतर्फ अघि बढेको हो। नेपालका लागि ऐरी, गुलशन झा, सन्दीप लामिछाने र करण केसीले एक-एक विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।