काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार भइरहेको खेलमा वेस्टइन्डिजका दुई ब्याटरले नेपालविरुद्ध शतक पूरा गरेका छन्।
वेस्टइन्डिजका कप्तान साइ होप र निकोलस पूरनले शतक पूरा गरेका हुन्। होपले ८१ बलमा शतक प्रहार गरेका हुन् भने होपले १०८ बलमा शतक हाने।
४१ ओभरको समाप्तिमा वेष्टइन्डिजले २४६ रन बनाएर खेलिरहेको छ। नेपालले जम्मा तीन विकेट लिन सकेको छ।
सुरुवातमा कसिलो बलिङ गरेको नेपालले पछिल्ला ओभरमा लय गुमाएको छ। नेपालका बलरमाथि होप र पूरन हावी हुँदा वेष्टइन्डिज ठूलो योगफलतर्फ अघि बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।