काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार भइरहेको खेलमा वेस्टइन्डिजविरुद्धको खेलमा नेपालका मुख्य बलर सन्दीप लामिछाने लयमा फर्किएका छन्।
आफ्नो पहिलो ओभर मेडन राखेका उनले दोस्रो ओभरको तेस्रो बलमा ब्रान्डोन किङलाई बोल्डआउट गरेका हुन्। टस जितेर बलिङ रोजेको नेपालका लागि गुलशन झाले आफ्नो पहिलो ओभरमा विकेट लिएका थिए।
उनले जोनसन चार्लिजलाई आउट गरेका हुन्। करण केसीले आफ्नो पहिलो ओभरको तेस्रो बलमा कायल मायर्सलाई कुशल भुर्तेलबाट क्याचआउट गराएका थिए।
पहिलो ओभरमा ललित राजवंशीले कसिलो बलिङ गर्दै जम्मा दुई रन दिएका थिए। १५.३ ओभरमा वेस्टइन्डिजले तीन विकेट गुमाउँदै जम्मा ५५ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।