काठमाडौं– आइसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत बिहीबार भइरहेको खेलमा वेस्टइन्डिजविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। टस जितेर बलिङ रोजेको नेपालका लागि गुलशन झाले आफ्नो पहिलो ओभरमा विकेट लिएका हुन्।
जोनसन चार्ल्सलाई आउट गरेका हुन्। उनी ६ बल खेलेर शून्यमै आउट भए।
यसअघि करण केसीले आफ्नो पहिलो ओभरको तेस्रो बलमा काइल मेयर्सलाई कुशल भुर्तेलबाट क्याचआउट गराएका थिए। पहिलो ओभरमा ललित राजवंशीले कसिलो बलिङ गर्दै जम्मा २ रन दिएका थिए।
४ ओभरमा वेस्टइन्डिजले दुई विकेट गुमाउँदै जम्मा ९ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।