काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार भइरहेको खेलमा वेस्टइन्डिजबिरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ।
टस जितेर बलिङ रोजेको नेपालका लागि करण केसीले पहिलो विकेट लिए काइल मेयर्सलाई पेभेलियन फर्काए।
मेडन विकेट राख्ने क्रममा केसीले तेस्रो बलमा मेयर्सलाई कुशल भुर्तेलबाट क्याचआउट गराएका हुन्।
पहिलो ओभरमा ललित राजवंशीले कसिलो बलिङ गर्दै जम्मा २ रन दिएका थिए।
दोस्रो ओभर बलिङ गर्न आएका केसीले २ बल डट खेल्दै तेस्रो बलमा विकेट लिएका हुन्। चारपटक (२ पटक एकदिवसीय र २ पटक टी–२०)को विश्वविजेता वेस्टइन्डिजले २ ओभरको समाप्तिमा जम्मा २ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।