काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा अमेरिकाविरुद्ध जवाफी ब्याटिङमा नेपालले दोस्रो विकेट गुमाएको छ।
ओपनर कुश भुर्तेल ३९ रन बनाएर बाहिरिएका हुन्। उनले ५४ बल खेलेर १ छक्का र ४ चौकाको सहयोगमा उक्त रन बनाएका हुन्।
उनलाई अमेरिकाका बलर नोसथुस केन्जिगेले आफ्नै बलमा क्याचआउट गराएका हुन्। यसअघि नेपालका ओपनर आसिफ शेख १२ रन बनाएर बाहिरिएका थिए।
शेखलाई अमेरिकी बलर शौरभ नेत्रभालकरले एलबीडब्लु धरापमा पारेका हुन्। कप्तान रोहित पौडेलसँगै भीम सार्की मैदानमा छन्।
२० ओभरको समाप्तिमा दुई विकेट गुमाउँदै नेपालले ८५ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।