काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा अमेरिकाविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालको पहिलो विकेट पतन भएको छ।
नेपालका ओपनर आसिफ शेख १२ रन बनाएर बाहिरिएका हुन्। शेखलाई अमेरिकी बलर शौरभ नेत्रभालकरले एलबीडब्लु धरापमा पारेका हुन्।
ओपनर कुशल भुर्तेल २१ बलमा १२ रन बनाएर खेलिरहेका छन्। उनलाई साथ दिन भीम सार्की मैदानमा आएका छन्। छैटौं ओभरको समाप्तिमा नेपालले एक विकेट गुमाउँदै २६ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।