काठमाडौं- नेपालका लागि भरपर्दा बलर सन्दीप लामिछानेको प्रदर्शन आइसीसी एकदिवसीय विश्वकप छनोटका खेलहरुमा कमजोर देखिएको छ। छनोट अन्तर्गत नेपालले खेलेका दुवै खेलमा उनी विकेटविहीन रहे।
आइतबार जिम्बावेसँगको खेलमा लामिछाने लगायत बलहरुको प्रदर्शन कमजोर हुँदा नेपालले खेल नै गुमायो। अन्तर्राष्ट्रिय अनुभव समेत बटुलिसकेका लामिछानेले जिम्बावेसँगको खेलमा ७७ रन दिएका थिए।
पूरा १० ओभर नै बलिङ गरेका उनले ७.७ इकोनमीमा बलिङ गरेका हुन्। मंगलबार अमेरिकासँग भइरहेको खेलमा पनि लामिछानेको प्रदर्शनमा सुधार आउन सकेन।
नेपालका अन्य बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकालाई जम्मा २०७ रनमा रोक्न सफल भए। करण केसीले सबैभन्दा धेरै चार विकेट लिए। जम्मा ९ ओभर बलिङ गरेका उनले ३३ रन मात्रै दिए। स्पिनर ललित राजवंशीले १० ओभरमा एक विकेट लिँदै जम्मा २० रन मात्रै दिए। गुलशन झाले ५३ रन दिए पनि तीन विकेट लिए।
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछाने आइतबार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ३३ इनिङपछि विकेटविहीन बनेका थिए। मंगलबार दोहोरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।