काठमाडौं– आईसीसी विश्वकप छनोट प्रतियोगितामा अमेरिकाले नेपाललाई २०८ रनको सामान्य लक्ष्य दिएको छ।
जिम्बावेको हरारेमा भइरहेको प्रतियोगितामा अमेरिका ४९ओभरमा अलआउट हुँदै २०७ रन मात्र बनाएको हो। शायन जहांगिरले अमेरिकाका लागि सर्वाधिक एक सय रन बनाए।
यसैगरी शुसान्त मदानीले ४२ रन, गजानन्द सिंहले २६ र जस्सी सिंहले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकसमेत जोड्न सकेनन्।
अमेरिकालाई अलआउट गर्ने क्रममा करण केसीले ३३ रन दिएर चार विकेट लिए। यसैगरी गुलशन झाले तीन विकेट, दीपेन्द्र सिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए।
नेपालका स्टार बलर सन्दीप लामिछाने लगातार दोस्रो खेलमा विकेटविहीन भए। १० ओभर नै बलिङ गरेका उनी ५८ रन दिँदै नेपालका लागि महँगा सावित भए।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल केही समयमा ब्याटिङमा उत्रिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।