काठमाडौं- आईसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ।
दीपेन्द्र सिंह ऐरीले अमेरिकाका ब्याटर गजानन्द सिंहलाई आरिफ शेखबाट क्याचआउट गराएका हुन्। यसअघि करण केसीले चार विकेट लिइसकेका छन्।
यसअघि चौथो विकेटका लागि करणले नोस्थुस केन्जिगेलाई आरिफ शेखबाट क्याचआउट गराएका थिए। अमेरिकाको तेस्रो विकेट पतन गर्ने क्रममा करणले ७.५ ओभरमा अमेरिकी ब्याटर आरोन जोनसलाई कुशल भुर्तेलबाट क्याचआउट गराएका थिए।
करणले पहिलो विकेटका रुपमा न्याब्स टेलरलाई दोस्रो ओभरको पाँचौं बलमा एलबीडब्लु धरापमा पारेका थिए भने दोस्रो विकेटको रुपमा सैतेजा मुक्कमल्लालाई आरिफ शेखबाट क्याचआउट गराएका थिए।
२३ ओभरको समाप्तिमा अमेरिकाले ५ विकेट गुमाएर ७४ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।