काठमाडौं– आईसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ।
करण केसीले व्यक्तिगत चौथो विकेटको रुपमा नेपाललाई सफलता दिलाएका हुन्। करणले नोस्थुस केन्जिगेलाई आरिफ शेखबाट क्याचआउट गराए।
यसअघि करणले नै ३ विकेट लिएका थिए। अमेरिकाको तेस्रो विकेट पतन गर्ने क्रममा करणले ७.५ ओभरमा अमेरिकी ब्याटर आरोन जोनसलाई कुशल भुर्तेलबाट क्याचआउट गराएका थिए।
करणले पहिलो विकेटका रुपमा न्याब्स टेलरलाई दोस्रो ओभरको पाँचौं बलमा एलबीडब्लु धरापमा पारेका थिए भने दोस्रो विकेटको रुपमा सैतेजा मुक्कमल्लालाई आरिफ शेखबाट क्याचआउट गराएका थिए।
५ ओभर बलिङ गरेका करणले ४ विकेट लिँदा मात्र ७ रन खर्चिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।