काठमाडौं– आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ।
तीव्र गतिका बलर करण केसीले व्यक्तिगत तेस्रो विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन्। करणले ७.५ ओभरमा अमेरिकी ब्याटर आरोन जोनसलाई कुशल भुर्तेलबाट क्याचआउट गराए।
यसअघि करणले नै लगातार २ विकेट लिएका थिए। करणले न्याब्स टेलरलाई दोस्रो ओभरको पाँचौं बलमा एलबीडब्लु धरापमा पारेका थिए भने सैतेजा मुक्कमल्लालाई आरिफ शेखबाट क्याचआउट गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।