काठमाडौं– आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अमेरिकाविरुद्ध नेपालले लगातार २ विकेट लिएको छ।
तीव्र गतिका बलर करण केसीले आफ्नो पहिलो ओभरमा नेपाललाई सफलता दिलाएका हुन्। उनले न्याब्स टेलरलाई दोस्रो ओभरको पाँचौं बलमा एलबीडब्लु धरापमा पारे भने सैतेजा मुक्कमल्लालाई आरिफ शेखबाट क्याचआउट गराए।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ३ ओभरको क्षतिमा जम्मा ७ रन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।