काठमाडौं– आईसीसी विश्वकप छनोट अन्तर्गतको दोस्रो खेल नेपालले अमेरिकासँग खेल्दैछ। तीव्र गतिका बलर सोमपाल कामीले उक्त खेल गुमाउने भएका छन्।
कामी आइतबार जिम्बावेसँगको खेलमा घाइते भएका थिए। खेलको ३४औं ओभरमा फिल्डिङका क्रममा उनको दायाँ हातमा चोट लागेको थियो। उक्त चोट निको नभइसकेकाले मंगलबारको खेलबाट उनलाई बाहिर राख्ने तयारी गरिएको हो।
कामीले जिम्बावेसँगको खेलमा एक विकेट लिएका थिए। उनको ठाउँमा बायाँहाते स्पिनर ललित राजवंशीले खेल्नेछन्। पछिल्ला खेलमा राजवंशी उत्कृष्ट लयमा देखिएका थिए। त्यसैले उनी रोजाइमा परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।