काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा गुलशन झाले महत्त्वपूर्ण साझेदारी तोडेका छन्।
जिम्बावेका वेस्ली माधेवेरेलाई दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराउँदै क्यारिग एरभिनसँगको साझेदारीमा ब्रेक लगाइदिएका हुन्।
वेस्ली ३८ बलमा ३२ रन बनाएर आउट भएका हुन्। त्यसअघि सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए। घरेलु टोली जिम्बावेका ओपनर जोलर्ड गम्बीलाई कामीले एलबीडब्लु धरापमा पारेका हुन्।
गम्बी २९ बल खेलेर २५ रन बनाएका बाहिरिएका हुन्। २९१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको जिम्बावे २३.५ ओभरमा २ विकेट गुमाएर १२८ रनसहित खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।