काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका छन्।
२९१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको घरेलु टोली जिम्बावेका ओपनर जोलर्ड गम्बीलाई कामीले एलबीडब्लु धरापमा पारेका हुन्। गम्बी २९ बल खेलेर २५ रन बनाउँदै बाहिरिएका हुन्। जिम्बावेले ९ ओभरमा एक विकेट गुमाएर ४५ रन बनाएको छ।
त्यसअघि नेपालले ८ विकेटको क्षतिमा पूरा ५० ओभर खेल्दै २९० रन बनाएको हो। नेपालका लागि सबैभन्दा धेरै ओपनर कुशल भुर्तेलले ९९ रन बनाए। उनले दुई छक्का र १३ चौकाको सहारामा ९५ बलमा ९९ रन बनाएका हुन्।
अर्का ओपनर आसिफ शेखले १०० बलमा ६६ रन बनाए। कुशल मल्लले ४२ बलमा ४१ रन बनाए भने रोहित पौडेल ३१ रन बनाएर बाहिरिए। यसैगरी आरिफ शेख १०, गुलशन झा १३, दीपेन्द्र सिंह ऐरी ६, करण केसी २, सोमपाल कामी र भीम सार्की शून्यमा आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।