काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ।
घरेलु टोली जिम्बावेले हरारे स्पोर्टस् क्लबको मैदानमा टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो।
नेपालले ८ विकेटको क्षतिमा पूरा ५० ओभर खेल्दै २९० रन बनाएको हो। नेपालका लागि सबैभन्दा धेरै ओपनर कुशल भुर्तेलले ९९ रन बनाए। उनले दुई छक्का र १३ चौकाको सहारामा ९५ बलमा ९९ रन बनाएका हुन्।
अर्का ओपनर आसिफ शेखले १०० बलमा ६६ रन बनाए। कुशल मल्लले ४२ बलमा ४१ रन बनाए भने रोहित पौडेल ३१ रन बनाएर बाहिरिए।
यसैगरी आरिफ शेख १०, गुलशन झा १३, दीपेन्द्र सिंह ऐरी ६, करण केसी २, सोमपाल कामी र भीम सार्की शून्यमा आउट भए।
रिचर्ड नगर्वले सर्वाधिक ४ विकेट लिए। विलिंगटन मसकट्जाले २ विकेट, तेन्दासइ चतरा र बेलेसिङ मुजरबानीले समान एक-एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।