काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा जिम्बावेविरुद्ध नेपालले २५० रन पार गरेको छ।
४४ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै नेपालले २५८ रन बनाएको छ।
नेपालका लागि औपनर कुशल भुर्तेलले ९९ रन बनाए। ९५ बल खेल्दा १३ चौका र २ छक्का प्रहार गरेका भुर्तेल १ रनले शतक पूरा गर्न चुके।
अर्का ओपनर आसिफ शेखले ६६ रन बनाए। १०० बल सामना गरेका उनले ७ चौका प्रहार गरे।
कुशल मल्ल ४१ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेल ३१ रन बनाएर आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।