काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा जिम्बावेविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल शतक बनाउन एक रनले चुकेका छन्।
उनी ९५ बलमा ९९ रन बनाएर आउट भएका हुन्। उनलाई विलिंगटन मसाकान्ड्जाले बोल्ड गरेका हुन्। उनले १३ चौका र दुई छक्का प्रहार गरेका छन्। यसैगरी अर्का ओपनर आसिफ शेखले अर्धशतक पूरा गर्दै ६६ रन बनाएका छन्।
नेपालले ३३ ओभरको समाप्तिमा १७४ रन बनाएको छ। हरारे स्पोर्टस् क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि कुशल मल्ल ब्याटिङमा आएका छन्। मल्ललाई भीम सार्कीको ठाउँमा अगाडि ब्याटिङका लागि पठाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।