काठमाडौं– आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनौटमा नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी खेलेको छ। नेपालले अहिलेसम्मको सबैभन्दा ठूलो साझेदारी १३९ रनको थियो।
तर आइतबार जिम्बावेविरुद्ध कुशल भुर्तेल र आसिफ शेखले उक्त रेकर्ड तोड्दै १५४ रनको साझेदारीसहित नटआउट खेलिरहेका छन्।
२८औं ओभरको समाप्तिमा नेपालले बिना विकेट १५४ रन बनाएको छ। भुर्तेलले ८६ बलमा ९३ र शेखले ८४ बलमा ५५ रन बनाएर खेलिरहेका छन्।
यसअघि नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्ल र आसिफ शेखले सबैभन्दा बढी १३९ को साझेदारी खेलेका थिए। नामिबियाविरुद्ध नै रोहित पौडेल र कुशल भुर्तेलले १३३ रनको साझेदारी खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।