काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा जिम्बावेविरुद्ध नेपालका अर्का ओपनर आसिफ शेखले समेत अर्धशतक पूरा गरेका छन्।
शेखले ८३ बल खेलेर ५५ रन बनाउँदै खेलिरहेका छन्। उनले यसक्रममा ६ चौका प्रहार गरेका छन्। अर्का ओपनर कुशल भुर्तेलले ९२ रन बनाएर खेलिरहेका छन्।
नेपालले २८ ओभरमा १५४ रन बनाएको छ। हरारे स्पोर्टस् क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि विना विकेट क्षति भुर्तेल र शेखले उक्त योगफल खडा गरेका हुन्।
टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेसँग नेपालले उत्कृष्ट प्रदर्शन जारी राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।