काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा जिम्बावेविरुद्ध नेपालका लागि ओपनर कुशल भुर्तेलले ५० रन पूरा गरेका छन्।
हरारे स्पोर्टस् क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि भुर्तेलले ६३ बलमा अर्धशतक पूरा गरेका हुन्।
उनलाई ओपनर आसिफ शेखले ७१ बलमा ३९ रन बनाएर साथ दिइरहेका छन्। नेपालले २४ ओभरको समाप्तिमा विना विकेट क्षति १११ रन बनाएर खेलिरहेको छ।
सुरुवाती दुई ओभर मेडन दिएका नेपाली ब्याटरले तेस्रो ओभरदेखि लय समातेका हुन्। नेपालका लागि भुर्तेलले अहिले ७३ बलमा ६५ रन बनाएर खेलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।