जिम्बावेविरुद्धको खेल अगाडि अभ्यासको क्रममा नेपाली टोली (तस्बिर: क्यान)
काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका खेलहरु आज (आइतबार)देखि जिम्बावेमा सुरु हुँदैछन्। पहिलो खेलमा घरेलु टोली जिम्बावे र नेपालबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाल र जिम्बावेबीचको खेल जिम्बावेको हरारे स्पोर्टस् क्लबमा हुँदैछ। खेल नेपाली समयानुसार दिउँसो १२:४५ बजेदेखि सुरु हुनेछ।
घरेलु टोलीले हराएर प्रतियोगिताको सुखद् सुरुवात गर्ने लक्ष्यका साथ नेपाल मैदान उत्रिनेछ। जिम्बावे पनि घरेलु मैदानमा नेपाललाई हराएर सुखद् सुरुवात गर्ने लक्ष्यमा रहेको छ।
जिम्बावे विरुद्धको खेल नेपालका लागि महत्त्वपूर्ण छ, किनकि नेपालले पहिलोपटक टेस्ट मान्यताप्राप्त राष्ट्रसँग एकदवसीय खेल खेल्दैछ।
यद्यपि नेपालले जिम्बावेसँग एकपटक ५० ओभरको खेल खेलिसकेको छ। सन् २०१८ मा भएको विश्वकप छनोटमा नेपालले जिम्बावेको सामना गरेको थियो। यद्यपि त्यसबेला नेपालले ओडीआई मान्यता नपाएकाले उक्त खेल ‘लिस्ट ए’ मान्यताको भएको थियो।
४ मार्च २०१८ मा भएको उक्त खेलमा नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।