काठमाडौं– आईसीसी विश्वकप एकदिवसीय छनोटअघि ओमानविरुद्धको अभ्यास खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले शतक प्रहार गरेका छन्।
जितको लागि २६८ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले ९१ बलमा शतक पूरा गरेका हुन्। उनलाई भीम सार्कीले ६४ बलमा ४६ रन बनाएर साथ दिइरहेका छन्।
२९.५ ओभरमा एक विकेट गुमाएर नेपालले १७७ रन बनाएको छ। नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए।
२४ बलमा २३ रन बनाएर उनी कलिमुल्लाहको बलमा आयन खानबाट क्याच आउट भएका हुन्। त्यसअघि जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ४९.२ ओभरमा २ सय ६७ रनमा अल आउट भएको थियो।
ओमान कप्तान जिशान मकसुदले १० ६ बलमा १५ चौका र १ छक्कासहित १०९ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।