काठमाडौं– नेपाल पनि सहभागी हुने एसिया कप क्रिकेटको खेल तालिका परिर्वतन भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सेप्टेम्बर २ अर्थात् भदौ १६ गतेदेखि सुरु हुने भनिएको खेल अगस्ट ३१ (भदौ १४) गतेदेखि सुरु हुने गरी मिति निर्धारण गरेको हो।
फाइनल खेल सेप्टेम्वर १७ हुने आईसीसीले जनाएको छ। खेल पाकिस्तानले प्रस्ताव गरेको हाइब्रिड मोडलमा हुँदै छ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपाल भाग लिँदैछन्।
भारतले पाकिस्तानमा खेल्न नचाहेपछि हाइव्रिड मोडल अघि सारिएको थियो। पाकिस्तानमा कम र श्रीलंकामा धेरै खेल खेलाउने आईसीसीको तयारी छ।
खेलका लागि ६ टिमलाई २ समूहमा विभाजन गरिएको छ। दुई समूहका शीर्ष २ टोली सुपर चारको चरणमा प्रवेश गर्नेछन्।
नेपाल रहेको समूहमा भारत र पाकिस्तान छन्। यस्तै, अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।