काठमाडौं- विश्वकप क्वालिफायर खेल्नका लागि जिम्बावे पुगेको नेपाली क्रकेट टोलीले बिहीबार ओमानसँग अभ्यास खेल खेलिरहेको छ। अभ्यास खेलमा बलिङ गरिरहेको नेपालले उत्कृष्ट सुरुवात गरेको छ।
नेपालले जम्मा ७ रन दिँएर चार विकेट लिएको छ। नेपालका लागि सोमपाल कामीले कसिलो बलिङ गरेका छन्। उनले चार ओभर बलिङ गर्दा तीन विकेट लिएर जम्मा तीन रन दिएका छन्।
अर्को एक विकेट भने करण केसीले लिएका हुन्। ७ ओभरको समाप्तिमा ओमान ७ रन बनाएर खेलिरहेको छ। विश्वकप क्वालिफायर अन्तर्गतको पहिलो खेल भने नेपालले असार ३ गते जिम्बावेबिरुद्ध खेल्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।