काठमाडौं– हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपमा नेपालले आज भारत ‘ए’सँग खेल्दैछ।
आफ्नो दोस्रो खेलमा नेपालले भारत ‘ए’सँग खेल्न लागेको हो। हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान सवा ११ बजेटबाट सुरु हुनेछ।
नेपालले पहिलो खेलमा पाकिस्तान ‘ए’सँग झिनो अन्तरको हार व्यहोरेको थियो। भारतले भने घरेलु टोली हङकङलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।