काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका २ जना खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानाडाको ग्लोबल टी–२० लिग खेल्ने भएका छन्।
ग्लोबल टी–२० फ्रेञ्चाइज लिगको तेस्रो संस्करण आगामी जुलाइ २० तारिखदेखि सुरु हुँदै छ। मंगलबार राति भएको ड्राफ्टमार्फत् सन्दीप र दीपेन्द्र फरक फरक क्लब अनुबन्ध भएका हुन्। सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले अनुबन्ध गरेको हो।
सन् २०१८ देखि सुरु भएको फ्रेञ्चाइज लिगमा नेपालबाट यसअघि सन्दीप र सोमपाल कामीले खेलिसकेका छन्।
सन्दीपले सन् २०१८ को पहिलो संस्करणमा मोन्टरियल टाइगर्स र दोस्रो संस्करणमा टोरन्टो नेशनल्सबाट खेलेका थिए। सोमपालले सन् २०१९ को दोस्रो संस्करणमा विन्नीपेग हकबाट खेलेका थिए।
दीपेन्द्र भने पहिलोपटक विदेशी फ्रेञ्चाइज लिगमा अनुबन्ध भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।