काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअघि मंगलबार नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। जिम्बावेको ओल्ड हेनरिज मैदानमा भइरहेको खेलमा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ५० रन पूरा गरेका छन्।
पहिलो जित निकाल्ने लक्ष्यमा रहेको नेपालका लागि भुर्तेलले २९ रन र शेखले १८ रन बनाएका हुन्। ११ ओभरको समाप्तिमा नेपाल ५१ रनसहित खेलिरहेको छ।
जिम्बावे पुग्नु अगाडि नेपालले दक्षिण अफ्रिकामा नेदरल्याण्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेलको थियो। नेपालले दुवै खेलमा पराजय भोगेको थियो।
विश्वकप छनोट खेल्ने १० टोलीमध्ये टेस्ट मान्यता प्राप्त देशसँग वार्मअप खेल्न नपाउने नेपाल एक मात्रै टोली हो।
विश्वकप छनोटअन्तर्गत आगामी असार ३ गते नेपालले जिम्बावेको सामना गर्नेछ। नेपाल रहेको समूह ‘ए’मा घरेलु टोली जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्याण्ड्स छन्। समूह ‘बी’मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।