काठमाडौं– एसीसी महिला इमर्जिङ टिम्स एसिया कपमा पाकिस्ताले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ।
हङकङको मङकङमा पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ टिम १९.2 ओभरमा ८७ रन बनाएर अलआउट भयो।
पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा २८ रन बनाइन्। कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाइन् भने गुल फरुजाले १८ बलमा ११ रन बनाइन्।
पाकिस्तानविरुद्ध कसिलो बलिङ गरेको नेपालले पहिलो ओभरमा नै विकेट लिएको थियो। नेपालका लागि इन्दु बर्माले ३ तथा कविता कुँवर, कविता जोशी र सीता रानामागरले २–२ विकेट लिए।
थाईल्याण्डले भिसा प्रक्रियामा असहमति जनाउँदै सहभागी हुन अस्वीकार गरेपछि नेपालले इमर्जिङ कपमा मौका पाएको हो।
नेपाल रहेको समूहमा पाकिस्ता ए टिम, भारत ए टिम र आयोजक हङकङ छन्। समूहको शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।