काठमाडौं– एसीसी इमर्जिङ कप महिला क्रिकेटमा आज (मंगलबार) नेपालले पाकिस्तानको सामना गर्दै छ। नेपालसँग पाकिस्तानको ‘ए’ टिमले प्रतिस्पर्धा गर्न लागेको हो।
नेपाली समयानुसार बिहान करिब पौने ७ बजेदेखि हङकङको मिसन रोडकमा खेल सुरु हुने छ। बलियो पाकिस्तानी टोलीको नेतृत्व फातिमाना सानाले गरेकी छन्। फातिमा पाकिस्तानकी प्रमुख बलर हुन्।
प्रतियोगिताको उपाधि दाबेदार पाकिस्तानसँग नेपाल सुखद् नतिजा निकाल्ने लक्ष्यमा छ।
प्रतियोगितामा सहभागी हुनु अगाडि नेपालले गत साता मात्रै मलेसियासँग ५ खेलेको सिरिज खेलेको थियो। जसमा ३–२ ले जित निकालेको थियो।
थाईल्याण्डले भिसा प्रक्रियामा असहमति जनाउँदै सहभागी हुन अस्वीकार गरेपछि नेपालले इमर्जिङ कपमा मौका पाएको हो। जसकारण प्रतियोगिताका लागि भनेर नेपालले तयारी भने गर्न पाएको छैन।
नेपाल रहेको समूहमा पाकिस्ता ए टिम, भारत ए टिम र आयोजक हङकङ छन्। समूहको शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।