काठमाडौं- अष्ट्रेलिया वर्ल्ड क्रिकेट टेस्ट च्याम्पियन बनेको छ। भारतलाई २०९ रनले हराउँदै अस्ट्रेलियाले उपाधि जितेको हो। ४४४ रनको लक्ष्य लिएको भारतीय टिम अन्तिम दिनको पहिलो सेसनमा २३४ रनमै अलआउट भएको हो।
दोस्रो पारीमा भारतका कुनै पनि ब्याटरले ५० भन्दा माथिको स्कोर बनाउन सकेनन्। विराट कोहलीले सबैभन्दा बढी ४९ रन बनाएका थिए।
लन्डनको द ओवल मैदानमा अस्ट्रेलियाले दोस्रो पारी २७०/८ स्कोरमा घोषित गरिदियो। भारतलाई जितका लागि ४४४ रनको लक्ष्य तय भयो। भारतीय टिम पहलो पारीमा २९६ रनमा अलआउट भएको थियो। जबकी अस्ट्रेलियाले ४६९ रन बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।