काठमाडौं– भारतले आफ्नो नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को भन्दै नेपाली भू–भागसमेत समेटिएको नक्सा राखेको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा विद्यार्थीहरुले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन्।
शुक्रबार राप्रपानिकट युवा, विद्यार्थीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘निरीह सरकार मुर्दावाद’, ‘राजसंस्था जिन्दावाद’, ‘हिन्दूराष्ट्र जिन्दावाद’ लगायतका नारा लगाएका छन्।
‘हाम्रो जमिन फिर्ता गर’, ‘सीमा मिच्न पाइँदैन’, ‘लुम्बिनी कपिलवस्तु हाम्रो हो’ भन्दै नाराबाजी गरेका उनीहरुले कालो झण्डा समेत प्रदर्शन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।