काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनि गरेको ठगी प्रकरणमा प्रहरीले थप एक अभियुक्त पक्राउ गरेको छ।
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।
उनलाई शुक्रबार जिल्ला अदालत पेस गरिने छ। शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।
जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुसहित ३० जनाविरुद्ध पाँच अभियोगमा मुद्दा दायर गरेको छ। सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रहित प्रतिकूल, संगठित अपराध, ठगी लगायतको अभियोगमा मुद्दा दायर गरेको छ।
उनीहरुसँग २८ करोड ८१ लाख रुपैयाँ बिगो असुल हुनुपर्ने दाबी अभियोगपत्रमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।