काठमाडौं– आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यपछिको दोस्रो कारोबार दिन बुधबार पनि सेयर बजारम उच्च गिरावट आएको छ। मंगलबार ५० अङ्क माथि गिरावट आएको सेयर बजार बुधबार त्यसालाई निरन्तरता दिँदै थप ३८.८३ अङ्कले घटेको छ। उक्त अङ्कको गिरावटले नेप्से परिसूचक १८४९ कायम भएको छ।
२१९ कम्पनीको सेयर कारोबार भएको बुधबार २०३ कम्पनीको भने मूल्य घटेको छ भने जम्मा १६ वटा कम्पनीको मात्र मूल्य बढेको छ। कारोबार रकम भने २ अर्ब ३१ करोड ५१ लाख माथि रहेको छ।
बुधबार धेरै कमाउनेमा आत्मनिर्भर लघुवित्त रहेको छ। जसको मूल्य १० प्रतिशतले बढ्दै सकारत्मक सर्किट लागेको छ। अन्य कम्पनीको मूल्य भने नगन्य मात्रमा बढेको छ।
यस्तै, उपसूमहतर्फ भने सबै सूचक राताम्मे भएका छन्। पछिल्लो दिन जस्ता धेरै गुमाउने उपसमूहमा जीवन बीमा र निर्जिवन बीमा उपसमूह रहेका छन्। यिनिहरु क्रमश २२८ र २२२ अङ्कले घटेका छन्।
त्यस्तै, उत्पादन १७२, होटल १२५, विद्युत ६१, लघुवित्त ६३, विकास बैंक ७०, वित्तीय उपसमूहमा ३४ अङ्कले गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।