काठमाडौं- आम जनता पार्टीका अध्यक्ष तथा सांसद् प्रभु साहले संसदीय सुनुवाई प्रक्रियामा असहमति जनाएका छन्। साना दलहरुलाई समितिमा निषेध गर्नेगरी नियमावली ल्याएर सुनुवाई प्रभावकारी नहुने बताए।
विभिन्न संवैधानिक नियुक्तिमा ठूला दलहरु भागबन्डा गर्ने र समितिमा पनि साना दललाई निषेध गर्ने तरिका लोकतान्त्रिक अभ्यास नरहेको बताए। थ्रेसहोल्ड कटाउन नसकेका कारण स्वतन्त्र सांसद्का रुपमा प्रतिनिधित्व गर्नेहरुलाई रोक्न खोजिएकोमा उनको आपत्ति थियो।
उनले भने, 'संवैधानिक नियुक्ति मुख्य दलले गर्छन्। त्यहाँ योग्यले अवसर पाउँदैन, पकेटको पर्छ। त्यसैलाई संसदीय सुनुवाइ चेक एन्ड ब्यालेन्सका लागि न संसदीय दलको नेता होला। समिति रिचेक गर्न बनाएको होला। विमति थियो भने राख्न जरुरी हुँदैनथ्यो होला। मुख्य दल मात्र अटाउने समिति बनाएर कसरी लोकतन्त्र हुन्छ?'
कार्यव्यवस्था परामर्श समिति, विशेष समिति र संसदीय सुनुवाइ समितिमा साना दल (स्वतन्त्र सांसद्)को प्रतिनिधित्व सुनिश्चित गर्न उनले माग गरेका हुन्।
उनले सवाल व्यक्तिको र पार्टीको नभइ लोकतन्त्रको भएको बताए। उनले एक भएपनि धेरै भएपनि उनीहरुले विचारको प्रतिनिधित्व गरेर संसद्मा पुगेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।