काठमाडौं– मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले पहिरिएकी छिन्। शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि जितेकी हुन्।
उनले लिबरल आर्टस/साइन्समा स्नातक गरेकी छन्। यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन्।
पहिलो मिस नेपाल रुवि राणाकी छोरी उनले वातावरण विज्ञानमा स्नातक गरेकी छन्। यस्तै मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छन्। उनी कमर्सियल पाइलट हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।