काठमाडौं- काठमाडौं महानगरपालिकाले माइतीघरमा नक्सा पास नगरि बनाएका टहरा भत्काएको छ।
काठमाडौं महानगरपालिका वडा नं ११ माइतीघरमा नक्सा पास नगरी बनाइएको टहरा भत्काइएको काठमाडौं महानगरपालिका मेयर बालेन शाहका प्रेस संयोजक सुरेन्द्र बजगाँईले जानकारी दिए।
महानगरपालिकाले यस अघि काठमाडौंको अनागनगर लगायतका विभिन्न ठाउँमा बनाएका अवैधानिक संरचनाहरु हटाउँदै आएको छ। साथै महानगरपालिकाले वडा नं ११ थापाथलीमा अव्यवस्थित तार व्यवस्थापन कार्य समेत गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।