मुम्बई– भारतका चर्चित फिल्मकर्मी आमिर खान र श्रीदेवीका छोराछोरी फिल्म क्षेत्रमा इन्ट्री तयारी गर्दैछन्। फरक-फरक फिल्मबाट डेब्यु गर्न लागेका उनीहरु दोस्रो फिल्ममा भने जोडीका रुपमा देखेनेछन्। आमिरका छोरा जुनैद र श्रीदेविकी छोरी खुशी कपुर एकसाथ देखिने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
गत वर्ष रिलिज भएको तमिल भाषाको चर्चित फिल्म ‘लभ टुडे’को रिमेकामा उनीहरुलाई देख्न पाइनेछ। यो फिल्म ‘सिक्रेट सुपरस्टार’ र ‘लाल सिंह चड्ढा’ जस्ता फिल्मका निर्देशक अद्वैत चन्दनले निर्देशन गर्दैछन्।
यही वर्षको बीचतिर फिल्को सुटिङ थालिनेछ। उनीहरुले नयाँ पुस्ताका प्रेमी-प्रेमिकाको भूमिका निर्वाह गर्नेछन्। रोमान्टिक कमेडी फिल्मका मुख्य कलाकार नै उनीहरु हुनेछन्।
गतवर्ष रिलिज तमिल फिल्म ‘लभ टुडे’मा प्रदी रंगनाथ र इवाना मुख्य भूमिकामा थिए। उनीहरु अहिले आफ्नो डेब्यु फिल्मको काममा व्यस्त छन्।
जुनैद यशराजबाट आउने थ्रिलर-ड्रामा ‘महाराज’मा काम गरिरहेका छन्। खुशी जोया अख्तरको फिल्म ‘द आर्चीज’बाट डेब्यु गर्नेछिन्। उनीसँग शाहरुख खानकी छोरी सुहाना खान र अमिताभ बच्चनका नाती अगस्तया नन्दी पनि देखिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।