काठमाडौं- आगामी असारमा हुने विश्वकप छनोटको खेल तालिका सार्वजनिक भएको छ। समूह चरणका खेलमा नेपालले पहिलो खेल घरेलु टोली जिम्बाबेसँग खेल्ने भएको छ।
असार ३ गते सुरु हुने छनोट खेलअघि नेपालले युएई र ओमानसँग दुई तयारी खेल खेल्नेछ। नेपालको समूहमा भने जिम्बाबे, नेदरल्यान्ड्स, वेस्टइन्डिज र अमेरिका परेका छन्।
जम्मा १० टोली सहभागी विश्वकप छनोटको समूह चरणमा पाँच-पाँच टिम दुई समूहमा बाँडिएका छन्। पाँच टिमको ग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहबाट शीर्ष तीन-तीन टिम पुग्नेछन्।
सुपर सिक्समा ६ टिम प्रतिष्पर्धा गर्नेछन्। शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेट खेल्न पाउने छन्।
![world cup qualifair1684833530.png](https://nepallive.net/uploads/posts/world cup qualifair1684833530.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।