काठमाडौं– सन्राइज बैंकले सुदूरपश्चिम प्रदेश कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटर प्युरिफायर प्रदान गरेको छ।
बिहीबार आयोजित कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसको अध्यक्ष विष्णुप्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईलाई हस्तान्तरण गरेका हुन्।
सुख्खड क्षेत्रमा शुद्ध पिउने पानीको अभाब रहेको र यस सामाजिक कार्यले त्यहाँका विद्यार्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रुपमा पठनपाठन गर्न मदत पुर्याउने क्याम्पसको अध्यक्ष विष्णु प्रसाद सापकोटाले बताए।
त्यस्तै, बैंकले सुदूरपश्चिम धनगढी उप–नगरपालिका लागि डस्टबिन, हसनपुरको ऐश्र्वय विद्या निकेतन विद्यालयलाई प्रोजेक्टर, धनगढी त्रिनगर विद्यालयमा साइकल स्टायान्ड, चुरे गाउँपालिका र डडेलधुरामा प्रहरी बिट उद्घाटन गरेको जनाइएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।