सुनकोशी नदी (फाइल तस्बिर) ढाका– नेपाल र बंगलादेशबीच ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माणको सहमति भएको छ।
सोमबार र मंगलबार बंगलादेशमा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण र विकासका हस्ताक्षर भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। उक्त आयोजना निर्माणका लागि ६ महिनाभित्र हस्ताक्षर गर्ने निर्णय भएको हो।
सुनकोशी–३ काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सीमानामा पर्दछ। आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ। यसबाट वाषिर्क रुपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट बिजुली उत्पादन हुने प्रक्षेपण ५। जसमध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुने प्रक्षेपण छ।
बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले २०७९ भदौ पहिलो साता आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।