काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। राजस्थानलाई ९ विकेटले पराजित गर्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमै कायम छ।
११९ रनको सामान्य लक्ष्य पाएको गुजरातले १३.५ ओभरमै पूरा गरेको थियो। गुजरातले १ विकेटको क्षतिमै आफ्नो लक्ष्य पूरा गर्यो।
गुजरातका लागि ओपनर ऋद्धिमन साहले ३४ बलमा ५ चौका प्रहार गर्दै ४१ रन बनाएका थिए। यस्तै शुभम गिलले ६ चौकाको मद्दतले ३६ रन बनाए भने कप्तान हार्दिक पाण्ड्याले आउट ३९ रनको योगदान गरेका थिए।
राजस्थानले टस जितेर पहिले ब्याटिङ गरेको गरेको थियो। राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ३० रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।