काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा रहेको गणेश खोला पुलमा भएको खाल्डो पुरेर एकतर्फी बाटो खुलाइएको छ। सोमबार पुलको मुखमा जमिन भासिएको थियो।
पुलको फाउण्डेशनसँगै लगाइएको पर्खाल पहिरोले बग्नुका साथै पुल पनि प्वाल परेको थियो। पुलको मुखैमा गाडी नै छिर्ला जस्तो भ्वाङ बनेपछि सोमबार दिनभर राजमार्ग अवरुद्ध भएको थियो।
मंगलबार केही मर्मत गरेर खोलिएको थियो तर बुधबार फेरि अवरुद्ध भएको थियो। १२ वजे पुलमा भएको खाल्डो पुरिएको र २ वजेदेखि एकतर्फी रुपमा सञ्चालन भएको हो।
पृथ्वी राजमार्गको धार्के खण्डमा सवारी ठप्पै भएपछि ठूलो मात्रामा जाम भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका सिनियर इन्जिनियर रमेश प्रसाद पौडेलले पनि नयाँ पुलको फाउण्डेशन खन्ने क्रममा माटो पहिरो गएको र मर्मत कार्य गरी एकतर्फी रुपमा चलाइएको उनले बतााए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।